उड्डयन सुरक्षा अभियान अन्तर्गत लुक्लालाई प्राथमिकता
काठमाडाैं, ४ भदाै । हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् ।
नेपालमा बढ्दै गएको हवाई सुरक्षाको जोखिम र यसको न्यूनीकरणका लागि सोमबार काठमाडौंमा आयोजित १० औं उड्डयन सुरक्षा अभियान कार्यक्रममा उपमहानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् ।
उनले भने ‘ अब हाम्रो प्राथमिकता लुक्ला रहेको छ । पर्यटकीय सिजन हुने भएकाले लुक्लामा फोकस गरेका हौं । हिजो मात्र हामीले महावीर पुनलाई बोलाएर क्यामाराहरु कहाँ राख्ने भनेर पाईलटहरुसंग पनि छलफल गरेका छौं ।
हवाई दुर्घटनालाई कम गर्न र पर्यटकहरुको चाहना पूरा गर्नकै लागि भए पनि विभिन्न तालिम मार्फत पाईलटहरु देखि लिएर सबैलाई तयार गर्ने कार्य भईरहेको उपमहानिर्देशक ठाकुरको भनाइ छ ।