Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

शेयर बजार २ हजार विन्दु तल

शेयर बजार २ हजार विन्दु तल

काठमाडौं, ४ भदौ । विगत एक महिनादेखि घट्दो क्रममा रहेको शेयर बजार साताको दोस्रो कारोबार दिन सोमवार २ हजार विन्दुभन्दा तल झरेको छ । यस दिन शेयर बजार परिसूचक नेप्से १२.९३ अंकले घटेर १०९८.२८ अंकमा समेटिएको हो ।
यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमवार सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक उपसूचक घट्ने समूहमा भने जलविद्युत् रहेको छ । कारोबारमा आएकामध्ये ४९ ओटा धितोपत्रको मूल्य मात्र बढेको छ भने १७१ ओटाको घटेको छ । ७ धितोपत्रको मूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x