Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अमेरिकी सेनाको विमान दुर्घटना; तीन अमेरिकी सैनिकको मृत्यु २० जना घाइते

अमेरिकी सेनाको विमान दुर्घटना; तीन अमेरिकी सैनिकको मृत्यु २० जना घाइते

अष्ट्रेलियामा अभ्यासका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।MV-22B ओस्प्रे डार्विनको उत्तरमा दुर्गम तिवी टापुमा जाने बाटोमा खसेको थियो। ती सैनिकहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यो घटना उत्तरी क्षेत्रको राजधानी डार्विनको उत्तरमा रहेको मेलभिल टापुमा आइतबार भएको हो भने विमानमा अमेरिकी कर्मचारी मात्रै सवार थिए ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई दुःखद भएको बताउँदै घाइतेहरूलाई हरसम्भव सहयोग गरिने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x