Date

सोम, साउन ५, २०८२
Mon, July 21, 2025

हिमालयन बैंककाे ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

हिमालयन बैंककाे ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडाैं, १० भदाै । हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफलमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। यो अफर भदौ १ गतेदेखि भदौ ३१ गतेसम्म लागू हुनेछ।

साे अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ ‘एचआई–एमबी’ एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ। विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फन्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *