गुनगुनाएकै भरमा गीत खाेज्ने युट्युबकाे नयाँ फिचर
काठमाडाैं, ११ भदाै । गीतहरू सुन्न मन पराउने एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि युट्युवले नयाँ फिचर सार्वजनिक गरेकाे छ । खोज सुविधाको परीक्षण गरिरहेको युट्युवले प्रयाेगकर्ताहरूले गुनगुनाएकै भरमा गीत पहिचान गर्ने सुविधा ल्याएकाे छ ।
भिडियाे सेयरिङ प्लेटफर्मले एपको एन्ड्रोइड संस्करणमा योगकर्ताहरूले गुनगुनाएर वा गित गाएकै भरमा उक्त गीत खाेजेर उपलब्ध गराउने गरेकाे छ ।
प्रयोगकर्ताहरूले युट्युब भ्वाइस खोजबाट नयाँ गीत खोज सुविधामा टगल गर्न सक्छन् र तीन वा बढी सेकेन्डका लागि गीत गाउन वा रेकर्ड गर्न सक्छन्। प्लेटफर्मले त्यसपछि ट्युन पहिचान गर्छ र प्रयोगकर्तालाई खोजी गरिएको गीतलाई प्रस्तुत गर्ने सान्दर्भिक युट्युव भिडियोहरूमा निर्देशित गर्दछ।
तर हाल यस फिचरले केहि निश्चित एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मात्र याे सुविधा उपलब्ध गराउन सक्छ ।
यो सुविधा गुगलका लागि पूर्णतया नयाँ होइन। २०२० मा गुगल एप्लिकेशन र गुगल असिस्टेन्टमा ‘हम-टु-सर्च’ विशेषता सार्वजनिक गरेकाे थियाे ।