Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

देवः विकास बैंकले गर्याे तिन स्थानमा शाखा विस्तार

देवः विकास बैंकले गर्याे तिन स्थानमा शाखा विस्तार

काठमाडौं, २९ जेठ । देवः विकास बैंकले थप तिन स्थानमा आफ्नो शाखाहरु विस्तार गरेको छ । शाखा विस्तारको क्रममा बैंकले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका, वडा नं. ८, माइस्थान स्थित वीरगञ्ज शाखा कार्यालय, बाँके जिल्ला स्थित नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ पुष्पलाल चोक स्थित नेपालगञ्ज शाखा कार्यालय तथा कोहलपुर नगरपालिका वडा नं. ११ नेपालगञ्ज रोड स्थित कोहलपुर शाखा कार्यालय गरी ३ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बैंकले हालसम्म १४ अर्व १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्व २० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । साथै बैंकले हालै संचालनमा ल्याएको नयाँ शाखाहरुबाट थप श्रोतहरु परिचालनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x