Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भक्तपुरको कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

भक्तपुरको कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडाैं, २६ भदाै । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता  MAW Enterprises Pvt. Ltd ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । भाद्र २५ गते प्रमुख अतिथि MAW Group of Companies sf Managing Director विष्णु कुमार अग्रवाल साथै हिमालयन राडिज सिजन ५ का ग्याङ लिडर प्रियका कार्कीको हातबाट उद्घाटन गरिएको भक्तपुरमा अवस्थित उक्त शोरुम टु ह्विलर इन्ड्रष्टिजकै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायरलाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिईएको छ ।ब्लु स्क्वायरशोरुममा प्रयोग गरिएको निलो कलरले यामाहा ब्राण्डको Racing DNA झल्काउने र स्क्वायरले One Stop Buying Junction जसमा ग्राहकले माेटरसाइएकल र स्कुटर Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

यस शोरुममा बेटर कस्टमर एक्सपेरियन्स अनुभव गर्नुको साथै छिटो र Personalized One To One Service प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्मानोलोजी मार्फत क्युयुआर कोडन गरेर Brochure प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।

‘कौशलटार , भक्तपुरमा हाम्रो यमाहा ब्लु स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर Accessories Apparel गराउने कुरामा  विश्वस्त छौँ’ यामाहा नेपालका लागी सिइओ राजु क्षेत्रीले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x