नेम्वाङको अन्त्येष्टिमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडौं, २६ भदाै । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिमा सार्वजनिक बिदा दिने निर्णय भएकाे छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेकाे हाे ।
यस्तै बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेकाे छ ।संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
यस्तै बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।