Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इभी किन्दै हुनुहुन्छ ? अटाे शाेमा यस्ता छन् बैंकका अफर (भिडियाेसहित)

इभी किन्दै हुनुहुन्छ ? अटाे शाेमा यस्ता छन् बैंकका अफर (भिडियाेसहित)

काठमाडौं, २८ भदौ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो २०२३’ शुरू भइसकेको छ । १२० वटा स्टल रहेको मेलामा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा छन्, जसमा १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे र ७ ब्रान्डका लाइट कमर्सियल भेहिकलका स्टल छन् ।

यसैबीच, मेलामा नबिल, ग्लोबल आइएमई, सानिमा, प्रभु, हिमालयन, महालक्ष्मी र कामना सेवा विकास बैंकका स्टल राखिएका छन् । यी बैंकले ग्राहकका लागि अटो कर्जामा सस्तो र स्थिर ब्याजदर योजना ल्याएका छन् । उक्त मेलामा गाडी बुकिङ गर्नेका लागि यस्ता छन् विभिन्न बैंकका ब्याजदर योजना :

हिमालयन बैंक : हिमालयन बैंकले इभी र आइसीई दुवै गाडीका लागि ११.९९ प्रतिशतमा कर्जा दिने भएको छ । बैंकका अनुसार कात्तिक २७ गतेसम्म यो सुविधाको कर्जा सुविधा पाउन सकिनेछ । दुवै खालको गाडी खरिदमा ८ वर्ष सम्मको अवधि हुने गरी कर्जा दिइने बताइएको छ ।

नबिल बैंक: नबिलले ईभीको खरिदमा ५ र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा सुविधा ल्याएको छ, जसअनुसार ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदर रहेको छ । त्यस्तै, डिजेल पेट्रोल तथा आईसी इन्जिनका सवारीसाधनमा ५० प्रतिशत डाउन पेमेन्टमा कर्जा सुविधा रहेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक: अटो शो अवधिभरका लागि बैंकले १०.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा ०.५० प्रतिशत सेवाशुल्कसहित अटो कर्जा सुविधा दिएको छ । साथै परिवर्तनीय ब्याजदरमा १.५ प्रतिशत प्रिमियम थप गरी ०.५० प्रतिशत सेवा शुल्कमा समेत बैंकको कर्जा सुविधा रहेको छ ।

सानिमा बैंक:  अटो शोको अवसरमा सानिमा बैंकले इभी र आईसीई दुवै गाडीमा ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजमा कर्जा सुविधा दिनेछ । यसका लागि उक्त मेलामा गाडी बुकिङ गर्नुपर्नेछ । साथै, कर्जा सेवा शुल्क पनि ०.५ प्रतिशत मात्र लिइने बैंकले बताएको छ ।

प्रभु बैंक: प्रभु बैंकले ईभीलाई लक्षित गरी कर्जा सुविधा ल्याएको छ । इभीका लागि आधारदरमा २ प्रतिशत प्रिमियम लिँदै आएको बैंकले नाडा सो अवधिभरका लागि १ प्रतिशत प्रिमियमै कर्जा दिनेछ । जुन दर ५ वर्षका लागि कायम रहनेछ । साथै नाडा अटो शो भिजिट गरेको वा अटो शोमार्फत गाडी बुकिङ गरेर एक महिनाभित्र बैंकमा लागि जाँदा पनि यो सुविधा पाइनेछ ।

लक्ष्मी सनराइज बैंक: लक्ष्मी सनराइज बैंकले इभी र आईसीई दुवै गाडीमा ७ वर्षका लागि कर्जा सुबिधा ल्याएकाे छ । जस अन्तर्गत यस्ताे कर्जाकाे ब्याजदर  १.१ प्रिमियमसहित १२.१ प्रतिशत र १.५ प्रमियमसहित १२.५ प्रतिशत रहेकाे छ ।  यसमा १२.५ ब्याजदर अपरिवर्तनिय रहेकाे छ ।

महालक्ष्मी विकास बैंक :  अटो शोकै अवसरमा महालक्ष्मी विकास बैंकले पनि १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि इभी र आईसीई निजी गाडी खरिदमा कर्जा दिएको छ ।

कामना सेवा विकास बैंक:  कामना सेवा विकास बैंकले इभी खरिदमा ११.९५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा सुविधा दिएको छ । साथै, नाडा अटो शो अवधिभरका लागि इभीको खरिदमा मात्र आधार दरमा ०.१४ प्रतिशत प्रिमियममै कर्जा सुविधा रहेको छ । यसका लागि सेवा शुल्क पनि ०.७५ प्रतिशत मात्र लिइने बैंकले बताएको छ ।

उक्त योजना अनुसार शोमा गाडी बुकिङ गर्नेहरुका लागि बैंकहरुको आधार दरमा उनीहरुले प्रकाशित गरेको अधिकतम दर जोडेर ग्राहकले कति इएमआई तिनुपर्छ यसरी हेर्नुहोस 

अर्थकोअर्थ

Related Posts

One thought on “इभी किन्दै हुनुहुन्छ ? अटाे शाेमा यस्ता छन् बैंकका अफर (भिडियाेसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x