Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मंगलबार आंशिकदेखि सामान्य बदली भई मध्यम वर्षाको सम्भावना

मंगलबार आंशिकदेखि सामान्य बदली भई मध्यम वर्षाको सम्भावना

काठमाडाैं, २ असाेज । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x