Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

भारतभन्दा नेपालमा महँगी बढी

भारतभन्दा नेपालमा महँगी बढी

काठमाडौं, २ असोज । पहिले–पहिले भारतमा भन्दा नेपालमा मुद्रास्फ्रीति (महँगी) कम हुने गथ्र्यो । तर, पछिल्ला वर्षहरूमा नेपाल नेपालीले प्रयोग गर्ने दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएको छ । यसले नेपालको महँगीदर बढ्दै गएको छ । गत जुनमा भारतको महँगी ४.८७ प्रतिशतबाट बढेर ७.४४ प्रतिशत विन्दुमा पुग्दा नेपालको महँगीदरलाई भेट्यो । यो भारतको वर्षभरीको महँगीको उच्च विन्दु हो ।

त्यो समयमा नेपालको महँगीदर ६.८३ प्रतिशतबाट बढेर ७.४४ प्रतिशतमा पुगेको थियो । त्यसपछिको महिना अगास्टमा भने भारतले महँगीदर घटाएर ६.८३ प्रतिशतमा झा¥यो । तर, नेपालको महँगीदर भने एक महिनामै ०.०८ प्रतिशत विन्दुले बढेको छ । अगस्टमा नेपालको महँगीदर ७.५२ प्रतिशतमा पुगेको छ । यसले नेपालीको क्रयशक्ति कमजोर हुँदै गएको संकेत गर्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नेपालमा महँगी भारतकोभन्दा कम थियो । तर, आर्थिक वर्ष २०७९/८० मा भने नेपालको महँगीदर औसत १.६८ प्रतिशत विन्दुले बढी छ । गत आर्थिक वर्षमा नेपालको औसत महँगीदर ७.७४ प्रतिशत रहेको छ भने भारतको महँगीदर औसत ६.०६ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि नेपालको महँगीदर भारतको भन्दा ०.६९ प्रतिशत विन्दुले बढी छ । साउनमा भारतको महँगीदर ६.८३ प्रतिशत रहेको छ भने नेपालको ७.५२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x