Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं, ८ असोज । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिमा नेपाल उद्योग परिसंघका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियन प्रतिनिधि सुनिता थापा सदस्य थिए ।

उपसमितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । उनी एक वर्ष अघि मात्र राष्ट्रिय वाणिज्य बैंकको नावय प्रमुख कार्यकारी अधिकृतबाट अवकाश प्राप्त कर्मचारी हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x