Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

आजको मौसम, काठमाडौं उपत्यकालगामा वर्षा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम, काठमाडौं उपत्यकालगामा वर्षा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्य बदली रहने बताएको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x