सुनको मूल्य ४ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौं, १८ असोज । पछिल्ला केही दिनमा लगातारजसो घटिरहेको सुनको पुनः उकालो लाग्न थालेको छ । आज बिहीवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ रहेकोमा बिहीवार ४ सयले बढेर १ लाख ७ हजार ३०० पुगेको छ ।
यसैगरी तेजावी सुनको मूल्य बुधवार १ लाख ६ हजार ४०० रहेकोमा आज १ लाख ६ हजार ८०० पुगेको छ । बिहीवार चाँदीको मूल्य भने अघिल्लो दिनकै अर्थात् प्रतितोला १३ सय १० रुपैयाँ रहेको छ ।