२० रूपैयाँकाे नयाँ नाेट बजारमा

काठमाडाैं, १९ असाेज । शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले २० रूपैयाँकाे नयाँ नाेट प्रचलनमा ल्याएकाे छ। बैंकले आजदेखि संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा बायाँतर्फ लालीगुरासँसको छाप रहेको छ । यसैगरी गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।
यसैगरी नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र पनि रहेको छ ।
