सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने
२५ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।
बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।