Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

पर्यटन प्रवर्द्धन गर्न मेयर शाह र होटल संघबीच छलफल

पर्यटन प्रवर्द्धन गर्न मेयर शाह र होटल संघबीच छलफल

काठमाडौं, २५ असोज । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल भएको छ। उक्त छलफलमा स‌ंघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनु पर्ने दूरगामी महत्वका योजनाहरु प्रस्तुत गरे ।

उक्त छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए ।

उक्त भेटघाटका क्रममा प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगतमा पुर्याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका र होटल संंघ नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गर्न काठमाडौं महानगरपालिका प्रमुख शाहले महानगर सकारात्मक रहेको बताए । पर्यटन प्रवद्र्धनमा कामनपाले तयार पारेका विभिन्न कार्यक्रमहरु नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उनले उल्लेख गरे । उक्त अवसरमा संघका महासचिव साजन शाक्यले उपस्थिति जनाउँदै आफ्नो धारणा प्रस्तुत गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x