स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित
काठमाडौं,२७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेका छन । निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।
स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ। कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बीमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको विषय पनि पत्रमा उल्लेख छ।
बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।
जबकि कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषदले गर्छ । त्यो भन्दा तत्लो तहले स्पष्टीकरण सोध्ने वा हटाउने अधिकार राख्दैन । जिम्मेवारी पूरा नगरेको हो भने मन्त्रिपरिषद्लाई मात्र हटाउने अधिकार हुन्छ। तर मन्त्री बस्नेतले उनलाई हिजो उनलाई निलम्बनको पत्र थमाएका छन् ।