Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट

मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट

सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय सङ्कटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एशोसिएशनका कोशी प्रदेश अध्यक्ष गङ्गाबहादुर खड्काले बताए ।

“मूल्यवृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौँ”, तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा भारतबाट नेपालमा भित्रिरहेको उहाँको भनाइ छ । यही अवस्था रहे किसानको दूधको भुक्तानी दिन नसकिने र मिल्क होलिडे मनाउनुपर्ने अवस्था आउने उहाँले बताए ।

दूध व्यवसायीले भण्डारण गरेको अर्बाँै रुपैयाँको घ्यू, चिज, पाउडर दुध लगायतका दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले दुधको मूल्य घटाएर किसानलाई उत्पादनको आधारमा दिने गरेको अनुदान बढाउनुपर्ने एसोसियसनको माग छ । तीनै तहका सरकारले दूधको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम ल्याएपछि हाल मुलुक दूधमा आत्मनिर्भर छ ।

दूधको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर निर्यातमा भएको छ । गत वर्ष पाँच अर्बको छुर्पी निर्यात गरिएपनि हाल निर्यात स्वात्तै घटेको बताउँदै छिमेकी मुलुक बङ्गलादेश र तिब्बतमा दूधको बजारको सम्भावना अध्ययन गरेका र सरकारले निर्यातको वातावरण बनाइ दिनुपने भनाइ

किसानले उत्पादन गरेको नौनी, छुर्पी, चिज लगायतका वस्तु बिक्री नहुँदा हाल किसानले उत्पादन लिन छाडिएको एशोसिएशनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले बताए ।उत्पादित दूध स्वदेशमै खपत हुने अवस्था छैन, लागत मूल्य धेरै हुँदा निर्यात गर्ने वातावरण नभएको र सरकारले किसान र व्यवसायीलाई बचाउने योजना तत्काल ल्याउनुपने बुझाइ छ।

भारतको तुलनामा नेपालमा दूधको मूल्यमा करिब रू पाँचको अन्तर रहेको एशोसिएशनले जनाएको छ । हाल मुलुकमा दैनिक सात लाख लिटर दूधको कारोबार हुँदै आएको एशोसिएशनले जनाएको छ । कोशी प्रदेशमा दैनिक तीन लाख लिटर दूधको कारोबार हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x