Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरू

नेपाल सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरू

काठमाडाैं,३० असाेज। नेपाल सरकारले गैरआवासीय नेपालीलाई विधिगत रूपमा नागरिकता वितरण गर्न सुरू गरेकाे छ ।

गैरआवासीय नेपालीहरु ११ औं विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको अवसर पारेर सरकारले उनीहरुलाई नागरिकता हस्तान्तरण गर्न सुरु गरेको हो।

संघका कार्यकारी अध्यक्ष बद्री केसी र कुल आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नागरिकता वितरण गरे । साे कार्यक्रममा बद्री केसीले  गैरआवासीय नेपालीले नागरिकता प्राप्‍त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद छ।’

नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई नागरिकता वितरणको व्यवस्था गरिएको थियो। ऐन प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संशोधन भएपनि तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेका कारण कार्यान्वयनमा आउन सकेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ तेस्रो साता प्रमाणिकरण गरेपछि संशोधित ऐन कार्यान्वयनका लागि नियमावली बनाउने बाटो खुलेको थियो।

कात्तिक १ देखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने बताए।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x