Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

५ महिनामा नेपालले ११ अर्ब ८० करोडको विद्युत भारतलाई बेच्यो

५ महिनामा नेपालले ११ अर्ब ८० करोडको विद्युत भारतलाई बेच्यो

काठमाडौं, १ कात्तिक । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज गरी तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको हो।

असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ। तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x