Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा झिनो अंकको बृद्धि, कारोबार रकम भने खस्कियो

सेयर बजारमा झिनो अंकको बृद्धि, कारोबार रकम भने खस्कियो

काठमाडौं, ४ असार । सोमबार कारोबार सुरु भए देखि नै क्रमश घटेको सेयर बजार अन्तमा झिनो अंकले बढेर बन्द भएको छ । १२ अंकको गिरावट सहित १२२१.९८ बिन्दुमा झरेको बजार अन्तमा १.९२ अंकको बृद्धि सहित १२३५.१५ को बिन्दुमा उक्लिएर बन्द भयो ।

तर सोमबार कारोबार रकम भने खस्किएको छ । १ सय ५४ कम्पनीको १९ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । सबैभन्दा धेरै कमाउने लगानीकर्ता कम्पनीहरुको सूचीको अग्रस्थानमा भने समता माइक्रोफाइनान्स वित्तिय संस्था रहेको छ । त्यस्तै गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा भने राधि विद्युत कम्पनी लिमिटेड रहेको छ ।

होटल, हाइड्रोपावर, इन्स्योरेन्स, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचक बढेपनि बाँकी सबै सूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x