Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयबढी कारबाही

उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयबढी कारबाही

काठमाडौं, १४ कात्तिक । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।

नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्लामा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ ।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिए। प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *