तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

काठमाडाैं,१९ कात्तिक । नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन ) बिक्री सुरु गरेको छ । नजिकिँदै गरेकाे तिहारलाइ लक्षित गर्दै राष्ट्र बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो ।
कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ ।सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।
उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा QR मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।