Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु. ५१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु. ५१ लाख सहयोग

काठमाडाैं, २० कात्तिक । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख सहयोग गरेकाे छ ।

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको हाे ।

उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूलाई २०८० कात्तिक २० गते हस्तान्तरण गरे ।

२०८० कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x