Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

ईक्यानद्वारा भूकम्प प्रभावितका लागि राहत काेष स्थापना

ईक्यानद्वारा भूकम्प प्रभावितका लागि राहत काेष स्थापना

काठमाडाैं, २० कार्तिक । नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जाजरकोट र रूकुम पश्चिममा गएको भुईचालोबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने उद्देश्यले रू ५,०६,००० को कोष स्थापना गरेको छ।यसका साथै ईक्यान आफ्ना सम्पुर्ण सदस्य, शुभ चिन्तक एवं सम्पूर्ण जनसमुदायलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिक रुपमा ईक्यानको कोषमा रकम जम्मा गरिदिन समेत आग्रह गरेकाे छ ।

यस्तैं भुकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकाे छ  । साथै ज्यान गुमाउनु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

सहयोग गर्न चाहनेहरूका लागि ईक्यानकाे  एनएमबी बैंककाे खाता नम्बर ०२३००४५२६८५०००१२ वा इसेवा नम्बर ९८४१३६०७२० मा जम्मा गरिदिन आग्रह  गरेकाे छ । साथै सो विषयमा अन्य जानकारीको निमित्त अध्यक्ष शेषराज भट्टराई (९८५१०९०८४२), महासचिव दिपक राज भुसाल (९८५१०३१९०६), कोषाध्यक्ष आशिक कार्की, सामाजिक उत्तरदायित्व विभागका संयोजक उमा खड्का पाठक (९८४१६१७७१०) तथा ईक्यान कार्यालयका कर्मचारी रुद्र प्रसाद रेग्मी (९८४१३६०७२०), प्रतिक अर्याल (९८१३१३६०८२) मा सम्पर्क राख्न अनुरोध गरेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x