Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ओम डेभलपमेन्ट बैंकको न्यूरोड शाखा संचालनमा

ओम डेभलपमेन्ट बैंकको न्यूरोड शाखा संचालनमा

काठमाडौं, ६ असार । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको न्यूरोडमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालयको आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

यो बैंकको ५३ औं शाखा कार्यालय हो । आगामी दिनमा मुलुकका अन्य स्थानहरुमा शाखा कार्यालय स्थापना गरि बैंकिङ पहुच विस्तार गर्दै जाने बैंकले जनाएको छ ।

हाल बैंकको अधिकृत पूँजी ३ अर्व र चूक्ता पूँजी २ अर्व ५१ करोड रुपैयाँ रहेको छ । त्यस्तै ओम बैंकले जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकसँग कर्जा लगानी सम्झौता गरेको छ। सम्झौता अनुसार पहिलो चरणमा आउने ३७ करोड रुपैयाँ मध्ये १२ करोड ५० लाख रुपैयाँ आइसेकेका छ । सो रकमलाई साना तथा मझौला उद्यममा लगानी गरि उद्यमशिलता विकास गर्ने बैंकको लक्ष्य रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x