Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

चार महिना बित्नै लाग्दा सरकारकाे पूँजीगत खर्च ८.९१ प्रतिशत मात्र

चार महिना बित्नै लाग्दा सरकारकाे पूँजीगत खर्च ८.९१ प्रतिशत मात्र

काठमाडौं, २१ कात्तिक । सरकारकाे पूँजीगत खर्चकाे अवस्था यस वर्ष पनि निराशाजनक देखिएकाे छ । चालु आर्थिक वर्षकाे चार महिना बित्नै लाग्दा सरकारकाे पूँजीगत खर्चकाे ८.९१ प्रतिशत मात्र हुन सकेकाे छ । याे गत साेमबारसम्मकाे तथ्याङ्क हाे।

यस वर्ष सरकारले ३ खर्ब २० अर्ब ७ कराेड ४४ लाख बजेट छुट्याइएकाेमा हाल सम्म २६ अर्ब ७९ कराेड ६२ लाख रूपैयाँ मात्र खर्च भएकाे छ ।

यस्तै चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ कराेड ४१ लाख बजेट छुट्याइएकाेमा हाल सम्म २ खर्ब ४३ अर्ब ६९ कराेड ५१ लाख मात्र खर्च भएकाे छ । जुन कुल लक्ष्यकाे २१.८६ प्रतिशत हाे ।

यस्तै वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७४ अर्ब ५३ कराेड ६ लाख बजेट छुट्याइएकाेमा ५१ अर्ब ४५ कराेड ५७ लाख खर्च भएकाे हाे । जुन लक्ष्यकाे १६.७४ प्रतिशत मात्र हाे ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *