दाेहाेराे अंकले बढ्याे नेप्से, ९९ कराेडकाे काराेबार
काठमाडौं,२१ कात्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज शेयर बजार ११.२२ अंकले बढेकाे छ ।आज नेप्से परिसूचक ०.६० प्रतिशतले बढेर १८५८.७६ अंकमा समेटिएको छ ।
आज ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ कराेड ६५ लाख ८६ हजार २९१ बराबरकाे काराेबार भएकाे छ ।
आज २८५ कम्पनीको शेयर कारोबार भएकोमा १४४ कम्पनीको मूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ । यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।