Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन अमेरिकी डलर ऋण

एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन अमेरिकी डलर ऋण

काठमाडाैं,२ मंसिर । एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो कार्यक्रम त्यहाँको कृषि क्षेत्रमा गरिएको बैङ्कको यस किसमको पहिलो संलग्नता हो । यस परियोजनाबाट त्यहाँ आधुनिक तरिकाले पाइपजडित सिँचाइ सञ्जाल निर्माण गर्नेछ ।

कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सयोग गर्ने बैङ्कले जनाएको छ ।

“जर्जियासँग कृषि क्षेत्रको विकास गर्न र अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउने अपार सम्भावना छ,” मध्य र पश्चिम एशियाका लागि एडीबीका महानिर्देशक येभगेनी झुकोभले उल्लेख गरेका छन् ।

“यो नयाँ कार्यक्रमले जर्जियालाई कृषि प्रणालीको आधुनिकीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न र स्थानीय जनताका लागि व्यापारका अवसरहरू खोल्न मद्दत गर्नेछ,” झुकोभले भने ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x