Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

कम प्रिमियममा ठुलो रकमको बीमा गर्न सकिने “सूर्यज्योति सहि प्लान” सार्वजनिक

कम प्रिमियममा ठुलो रकमको बीमा गर्न सकिने “सूर्यज्योति सहि प्लान” सार्वजनिक

काठमाडाैं,२ मंसिर । सूर्यज्योति लाइफले काठमाडाैंकाे लाजिम्पाट स्थित होटेल डुशिट प्रिन्सेसमा हिजाे शुक्रबार ’सूर्यज्योति सहि प्लान’ को उद्घाटन गरेकाे छ ।

प्रमुख अतिथिका रुपमा रहेका बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागायत प्राधिकारणका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई , निर्देशकहरु क्रमश : नन्द किशोर शर्मा, हेमन्त नहाटा,आकाश गोल्छा ,चुडामणि देवकोटा र प्रिया तयाल उपस्तिथी रहेको थियो। उक्त कार्यक्रममा संचारकर्मी अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु तथा कम्पनीका उच्च पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ‘‘जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यबाद दिनुका साथै गरिवले पनि बीमा गर्न सक्ने कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफु हर्सित भएको बताए ।’’

परम्परागत पोलिसी भन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफुले विश्वास लिएको बताए ।

नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न , आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ’सहि प्लान’ पहिलो पटक सूर्यज्योतिले पस्केको हो।

उक्त योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने , ७० बर्ष पुगे पश्चात तिरेको सम्पुर्ण प्रिमियम फिर्ता हुने ,आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुबिधा अन्तर्गत सर्बाधिक ३५ घातक रोगहरु बिरुद्ध रु ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x