काठमाडाैंमा डोमिनिकन रिपब्लिक फूड फेस्टिभल सुरू
काठमाडाैं, ५ मंसिर । काठमाडाैंमा बहुप्रतीक्षित डोमिनिकन रिपब्लिक फूड फेस्टिभल सुरू भएकाे छ । काठमाडाैंकाे नागपाेखरी स्थित मेरियट होटलमा आयोजना भएकाे उक्त फेस्टिवल परराष्ट्र मन्त्री एनपी साउद, नेपालका लागि डोमिनिकन रिपब्लिकको अवैतनिक वाणिज्यदूत गौरव अग्रवाल र भारतका लागि डोमिनिकन रिपब्लिकका राजदुत डेभिड पुइगले उद्घाटन गरेका हुन् ।
खानाका पारखीहरूका लागि सुरू भएकाे उक्त महाेत्सवमा शेफ एडिस ज्याकजले विभिन्न प्रकारका स्वादिष्ट डोमिनिकन परिकारहरु पकाउँदै छन् ।डोमिनिकन खानाकाे स्वाद लिन खाना प्रेमीहरूलाई निमन्त्रण गरीएकाे छ ।
डोमिनिकन रिपब्लिककाे पाककलाले नेपाली स्वादमा झनै मिठास थप्ने विश्वास लिइएकाे छ । याे फेस्टिभल डोमिनिकन गणतन्त्र र नेपालबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध स्थापना गर्ने महत्वपूर्ण काेसेढुङ्गा बन्ने विश्वास लिइएकाे छ ।
उक्त महाेत्सवमा मंसिर १० गते शेफ एडिस ज्याकजद्वारा डोमिनिकन मास्टर क्लास प्रस्तुत गरीने बताइएकाे छ । आज मंगलबारदेखि शूरू भएकाे उक्त महाेत्सव मंसिर ११ गतेसम्म चल्ने छ ।