Date

शनि, माघ ५, २०८१
Sat, January 18, 2025

अर्थतन्त्र सम्वेदनशील अवस्थामा छ, सबै एकै ठाउँमा बसेर समस्याको समाधान खोजौँ : चन्द्र ढकाल

अर्थतन्त्र सम्वेदनशील अवस्थामा छ, सबै एकै ठाउँमा बसेर समस्याको समाधान खोजौँ : चन्द्र ढकाल

काठमाडाैं, ५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकाे अर्थतन्त्र सम्वेदनशील अवस्थामा रहेकाे बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि गरेकाे छलफलमा अध्यक्ष ढकालले रकारी खाता घाटामा चलिरहेको, चालु खर्च र वित्तीय व्यवस्थापनका लागि छुट्याएको बजेट निरन्तर बढिरहेको र बैंक तथा वित्तीय संस्थाको आय घटेर राजश्वमा थप असर पर्ने देखिएकाे बताएका हुन् । विकास खर्च अत्यासलाग्दो गरी न्यून भएकाे उनकाे भनाइ छ ।

‘यसको अर्थ हो सरकार दबावमा छ । मुल्यवृद्धिदर २० महिनायता ७ प्रतिशतभन्दा माथि छ । निजी क्षेत्रद्वारा सञ्चालित सिमेन्ट छडजस्ता उद्योगहरु ३० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् । केहि महिना अघि नेपाल राष्ट्र बैंकले नै गरेको अध्ययनले पनि उद्योगहरु ४३ प्रतिशत क्षमतामा चलिरहेको देखाएको थियो । यो क्षमता अझ घट्दो छ ।
साना तथा मझौला व्यवसायीका सटरहरु वन्द भएका छन्, उनले भने ‘कृषि उत्पादनले थप बजार गुमाउँदै छन् । विदेशिनेहरुमा साना व्यवसाय वा कृषि गरिरहेका युवाहरु बढि छन् ।
यसले के देखाउँछ भने सरकार, निजी क्षेत्र र सर्वसाधारण तीन वटै क्षेत्र समस्यामा छन् । मागमा संकुचन भैरहेको छ । उद्यमी व्यवसायीमा चरम निराशा छ । व्यवसायीले लगानीको नभइ पलायनको योजना बनाइरहेका छन् । सबल बाह्य क्षेत्रले यी तीन वर्गलाई छुन सकेको छैन् । यस्तो किन भयो त ?’

असहज आर्थिक अवस्थामा सरकारले खर्च बढाउनु पर्नेमा खर्च कटौतिको नीति लिएकै कारण यस्ताे अवस्था आएकाे उनले बताए । उनले भने, ‘समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारको उपाय अवलम्बन गरेनाैं । बजेट र मौद्रिक नीतिका लागि सबै निजी क्षेत्रले संयुक्त रुपमा सुझाव दियौ । तर सुनुवाइ हुन सकेन । हाम्रा बिषय सम्बोधन गरी सरकारी निकायहरुबीच सामान्य समन्वयमात्रै भैइदिएको भए अहिले जस्तो समस्या हुने थिएन् ।’

सबै निकायले आफ्नाे तर्फबाट काम गरिरहेको भएपनि नतिजा सुखद आउन नसकेको उनकाे गुनासाे छ । उनले भने, ‘ सबैको राम्रो कामको नतिजा पनि राम्रो निकाल्न सहकार्य आवश्यक छ । त्यसैले निजी क्षेत्र सहित सबै एकै ठाउँमा बसेर समस्याको समाधान खोजौँ ।’

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x