अनुगमन – ललितपुरका तीन गोदामा सिलवन्दी

काठमाडौ,७ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार आपुर्ति ब्यवस्थापन तथा उपभोक्कता हित संरक्षण विभागबाट खटिएको विशेष अनुगमन टोलीले काठमाडौँ र ललितपुरका २५ वटा ठूला साना थोक तथा खुद्रा पसलमा अनुगमन  गरेको छ ।अनुगमनका क्रममा मूल्य सूची नभएको , सामानमा अधिकतम खुद्रा मूल्य उल्लेख नभएको र ठूलो मात्रामा म्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठूला गोदाममा सिलबन्दी गरी संञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बालकुमारीस्थित बंगालामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर, पञ्च स्टोरलाई सिल गरि सञ्चालकलाई  नियन्त्रणमा लिइएको विभागले जनाएको छ। यसैगरी टोलीले भाट भटेनी सुपर मार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टे कुलो, शान्ति नगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिव ज्योति ट्रेडर्स कालिमाटीलगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । काठमाडौंका चार र ललितपुरका तीन गरी सातवटा पसलका संञ्चालकलाई थप अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला प्रहरीमा पठाइएको छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *