२०.६७ अंकले बढ्याे नेप्से, १ अर्ब ८ कराेडकाे काराेबार
काठमाडौं,६ मंसिर । साताको चाैथाे कारोबार दिन साेमबार शेयर बजार २०.६७ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.१३ प्रतिशतले बढेर १८५०.३३ अंकमा समेटिएको छ ।
यस दिन २९४ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ४० कम्पनीको शेयरमूल्य घटेको छ, १९५ वटाको बढेको छ भने बाँकी ३ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बुधबार ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँकाे कारोबार भएको छ ।