सामान्य अंकले बढ्याे नेप्से, १ अर्ब ३४ कराेडकाे काराेबार
काठमाडौं,७ मंसिर । साताको पाचाैँ कारोबार दिन बिहिबार शेयर बजार ९.८७ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० अंकमा समेटिएको छ ।
यस दिन २९२ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ६७ कम्पनीको शेयरमूल्य घटेको छ, १६१ वटाको बढेको छ भने बाँकी १० वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बिहिबार ४ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँकाे कारोबार भएको छ ।