Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौं महानगरका ४ स्थानमा निशूल्क इन्टरनेट जडानको सम्झौता अझै कार्यान्वयन भएन

काठमाडौं महानगरका ४ स्थानमा निशूल्क इन्टरनेट जडानको सम्झौता अझै कार्यान्वयन भएन

मानमती पाण्डेय
काठमाडौं, ७ असार । सर्वसाधारण नागरिकलाई निशुल्क इन्टरनेट सुविधा दिने उद्धेश्यले काठमाण्डौँ महानगरपालीकाले महानगरभित्रका सार्वजनिक ६ स्थानमा इन्टरनेट राख्ने निर्णय गरेको थियो । र, चार महिना अघि काठमाण्डौँ महानगरपालिका र वर्ड लिङ्क कम्युनिकेसन प्राली उक्त विषयमा सम्झौता पनि भएको थियो ।

५ बर्षको अवधीका लागि पशुपतिनाथ क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, शंखपार्क, बालाजु पार्क, स्वयम्भु र बौद्ध गरी ६ स्थानमा इन्टरनेट सेवा दिने गरि सम्झौता भएको ६० दिन भित्र सुविधा संचालन भइसक्ने भनिएको थियो । तर हाल सम्म शंखपार्क र बौद्धनामा मात्रै सम्झौता अनुसार निशूल्क इन्टरनेट सेवा शुरु भइसकेको छ । पशुपतिनाथ क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बालाजु पार्क, स्वयम्भु गरि४ स्थानमा अझै सेवा सुचारु हुन सकेको छैन । यि ४ क्षेत्रमा पनि आवश्यक उपकरण जडान गरिसकेकाले दुबै पक्षले सम्झौता कार्यान्वयन गरिरहेको काठमाण्डौ महानगरपालीका सुचना प्रविधी महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए । उनले भने “हस्ताक्षर भएको ३० दिन भित्र सम्पुर्ण क्षेत्रमा सेवा उपलब्ध गराउने भनिए पनि २ स्थानमा सेवा सुचारु गरेर अन्य ठाउँमा सामान जडान गरिएको छ । यसका लागी चाहिने उपकरणहरु विदेशबाट ल्याउनु पर्ने र  सामान आउन ढिलो भएकाले मात्र तोकिएको समयमा सेवा दिन नसकेको हो । र यसका लागी वल्ड लिङ्क कम्युनिकेसनले थप ३० दिन मागेको छ ।”

कुन ठाँउमा कति काम भए ?
सार्वजमनिक स्थानमा निशूल्क इन्टरनेट जडान गर्दा १० एमविपिएस न्युनतम हुने छ । १० एमविपिएसले स्मुथली चल्ने ४० जना र ठिकठिकै चल्ने १०० जनाको हाराहारीमा चल्ने भनिएको छ । ६ वटै स्थानमा उपकरण जडान गरी सकेपछि वल्ड लिङ्क कम्युनिकेसनले महानगरपालिकालाई ग्राफ उपलब्ध गराउने छ । जसमा कतिजना युजरहरुले इन्टरनेटको प्रयोग गरे भनेर हेर्न मिल्ने र कुनै ठाँउमा ब्यान्डविथ बढाउनु पर्ने छ भन्ने फिडव्याक दिए पछि त्यो ठाउँमा सम्झौता अनुसार ब्यान्डविथ बढाइने छ । वल्ड लिङ्क कम्युनिकेसनले हाल सम्म फ्रि इन्टरनेट सुविधा दिएको स्थान बौद्ध क्षेत्रको ३ वटा स्थान र शंखपार्कको २ स्थानमा पाले घर अगाडी र पाले घर भन्दा माथीको भागमा एपि राउटर जडान भइसकेको छ । तर सार्वजानिक ठाउँ एपि राउटर राख्दा सुरक्षामा समस्या आएको महाशाखा प्रमुख काफ्लेले बताए । पशुपतिनाथ क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बालाजु पार्क, स्वयम्भु गरी ४ स्थानमा फाइबर ओछ्याउने, पोल गाड्ने जस्ता पूर्वाधार निर्माणको काम गरीरहेको महानगरपालीकाको सुचना प्रविधी महाशाखाले जानकारी दिएको छ । कतिपय ठाउँ बौद्ध, पशुपती र बालाजुमा बादरले राउटर निकालेर फालिदिने भएकाले मङकी प्रोटेक्ट पोल चाहिने भएको बताए । सबै ठाउँमा परिक्षण रुपमा प्रसारण नगरीकन उद्घाटन गर्दा सिस्टममा इरर आउने वा कतै चल्ने र कतै नचल्ने समस्या आउने भएकाले टेस्ट फेजमा समस्या पहिचान गरी समाधान गरेपछि मात्रै यसको औपचारीक उद्घाटन गर्ने महानगरपालीकाले जानकारी दियो ।

सम्झौता बमोजिम फ्रि वाइफाइ इन्टरनेट सेवा शंखपार्क, बौद्ध, बालाजु बाइसधारा उद्यान, बसन्तपुर (हनुमानढोका दरबार क्षेत्र) र स्वयम्भुमा उपकरण जडान कार्य भइसकेको र तत्काल सेवा संचालन गर्न सकिने र बाँकी रहेका स्थानमा उपकरणहरु आउन ढिलाभइ समयमा जडान कार्य हुन नसकेको तथा उपकरण त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आइसकेको र अर्को हप्ताबाट काम शुरु गरिने वल्ड लिङ्क कम्युनिकेसनका जनसम्पर्क निर्देशक लक्ष्मण यादबले बताए । उनले भने– “हामी कामको अन्तिम चरणमा आइसकेका छौँ अव यही असार मसान्त भित्र यसको औपचारीक उद्घाटन गर्ने छौँ । ”

सार्वजनिक ६ स्थानमा भएको निशूल्क इन्टरनेटमा यस्तो व्यवस्था छ
सार्वजानिक स्थानमा राखीने इन्टरनेट सुबिधा कुनै व्यापारीक र व्यवसायीक प्रयोजनको लागी नगरी सामाजिक उत्तरदायित्व अन्र्तगत निशूल्क सेवा दिने व्यवस्था हो । यस अन्र्तगत एक दिनमा १ जना व्याक्तीले ३० मिनेट सम्म निशूल्क इन्टरनेट सेवा उपयोग गर्न पाउनेछ भने ३० मिनेट पछि स्वतः मोवाइलमा भएको ब्यालेन्स काट्ने व्यवस्था छ । ३० मिनेट भन्दा बढि प्रयोग गर्न प्रयोगकर्ताले सेवा शुल्क तिर्नु पर्ने व्यवस्था छ । जसमा एउटा मोबाइमा ३० मिनेट पछि अटो डिसकनेक्ट राखीएको छ । जस अनुसार बालाजुमा १० मिनेट सेवा प्रयोग गरे बाँकी २० मिनेट अन्य जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

निश्चित समयमा सरकारी सुचना हेर्न अथवा व्यक्तिगत प्रयोजनका सुचना ,तथा सोसियर नेटवर्कसँग जोडीन चाहनेले यसको उपयोग गर्न सक्ने छन् । खाली समयमा सर्वसाधारणले मनोरञ्जन गर्न सकुन, सरकारी सूचनाहरु सहजरुपमा हेर्न सकुन र सुचना प्रबिधीको क्षेत्रको दायरालाई फराकिलो सकियोस् भन्ने उद्धेश्यले सो व्यवस्था गरीएको काठमाण्डौँ महानगरपालीका नगरकार्यपालीका निर्देशक महेश काफ्लेले बताए । यो सेवा सुरु भएपछि सर्वसाधारणहरु पार्क, मन्दिर र दरबारजस्ता क्षेत्रमा गएर प्रयोग शुल्क तिर्छन र त्यसमार्फत महानगरको आम्दानी हुने भएकाले यो सेवा दिइएको पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x