राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रीको सुझाव,आउँला त खुकुलो मौद्रिक नीति ?

काठमाडौं, २२ काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् । बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा महतले सुझाव दिएका हुन् ।
घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा महतले सुझाव दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्री डा महतको सुझावपछि राष्ट्र बैंक बोर्ड बैठक यतिबेला बसिरहेको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिबारे बोर्ड बैठकमा व्यापक छलफल भएको बुझिएको छ ।