Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मौद्रिक नीतिको समीक्षा: घट्यो सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार

मौद्रिक नीतिको समीक्षा: घट्यो सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार

काठमाडाैं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले शेयर र घरजग्गा कर्जाकाे जाेखिमभार घटाएकाे छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षामार्फत शेयर र घरजग्गा धितो सम्बन्धी विद्यमान व्यवस्थामामा लचकता देखाएकाे हाे ।

यसअघि  सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत रहेकाेमा राष्ट्र बैंकले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरेएको छ ।

५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।

यता ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x