Shangrila

जेबिल्स् फाइनान्सकोे हकप्रदको बिक्री खुल्ला

काठमाडौं, १० असार । जेबिल्स् फाइनान्सले आज असार १० गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण १३ गते गर्ने फाइनान्सले जनाएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *