Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नाडेप लघुवित्तकोे प्राथमिक शेयर आजबाट

नाडेप लघुवित्तकोे प्राथमिक शेयर आजबाट

काठमाडौं, १० असार । नाडेप लघुवित्तले आजबाट ४ लाख ८० हजार कित्ता प्राथमिक शेयरको बिक्री खुल्ला गरेको छ । लघुवित्तको शेयर छिटोमा असार १३ गते र ढिलोमा श्रावण ७ गतेसम्मका लागि बिक्री बन्द गरिने जनाइएको छ ।

लघुबित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । जसमध्ये २४ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २४ हजार कित्ता शेयर संचालनमा रहेका सामुहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गरिने जनाइएको छ । लघुवित्तले जारी गरेको उक्त शेयर कुल चुक्ता पुँजीको ३० प्रतिशत हो ।

प्राथमिक शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस प्राथमिक शेयरको लागि आवेदनकर्ताले न्युनतम २० कित्ता र अधिकत्तम २४ सय कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । सि आस्वा प्रणाली अन्तरगतको जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत उक्त शेयरको आवेदन दिन सकिने छ ।

लघुवित्तको हालको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x