Shangrila

समता माइक्रोफाइनान्सको हकप्रद असार २७ देखी

काठमाडौ, १० असार । समता माइक्रोफाइनान्सले असार २७ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द २० श्रावनमा हुनेछ ।

माइक्रोफाइनान्सले १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *