Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मिरमिरेले असार २७ गतेबाट हकप्रद शेयर बिक्री गर्ने

मिरमिरेले असार २७ गतेबाट हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं, १० असार । मिरमिरे माइक्रोफाइनान्सले असार २७ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । माइक्रोफाइनान्सलाई १ बराबर १ कित्ता अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावन २९ गते रहने माइक्रोफाइनान्सले जनाएको छ ।

माइक्रोफाइनान्सले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको छ । माइक्रोफाइनान्सले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

माइक्रोफाइनान्सले जेठ २५ गते बस्ने सातौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई ३०।८० प्रतिशत बोनस शेयर दिएको छ । हकप्रद शेयर र बोनस शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x