अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलकाे मूल्य
काठमाडाैं, २९ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्जनिक गरेकाे प्रतिवेदन अनुसार कात्तिक मसान्तमा कच्चा तेलकाे मूल्य १६.१ प्रतिशतले घटेकाे हाे ।
२०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३
रहेकोमा २०८० कात्तिक मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९८०.१० पुगेको छ ।