Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्रीन हाइड्रोजनमा ग्रीनजोको दूरदर्शी लगानी: भारतीय पहल र नेपाललाई हुने लाभ

ग्रीन हाइड्रोजनमा ग्रीनजोको दूरदर्शी लगानी: भारतीय पहल र नेपाललाई हुने लाभ

काठमाडौं । कार्वन उत्सर्जनले विश्वआक्रान्त बनेका बेला हरित हाइड्रोजन अर्थात ग्रीन हाइड्रोजन जलवायु परिवर्तनको असरलाई कम गर्न फलदायी बन्ने उपायका रुपमा लिन थालिएको छ । दक्षिण एसिया र भारतमा ग्रीनहाइड्रोजन अभियानकै रुपमा अघि बढ्दैछ । त्यसको भरपुर फाईदा नेपालले पनि लिनुपर्छ । जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबाट समस्यामा परेको नेपाललाई ग्रीन हाइड्रोजनको अभियानले प्राकृतिक, आर्थिक र सामाजिकरुपमै फाइदा पुर्याउँछ । दिगो उर्जाको उपयोगितालाई बढाउन यो प्रयास फलदायी हुनेछ ।

यो अभियानमा भारतीय पब्लिक लिमिटेड कम्पनी ग्रीनजो इनर्जी इन्डिया लिमिटेड जोडिएको छ । उसले आफ्नो साहसिक कदमका रुपमा राष्ट्रिय सीमानापार गर्दै उर्जा क्षेत्रको क्रान्तिस्वरुप ५० मेगावाटको हाइड्रोजन परियोजना स्थापित गर्न नेपालसँग सम्झौतापत्र एमओयूमा हस्ताक्षर गरेको छ । यो ऐतिहासिक सहयोगले दिगो उर्जा समाधानका लागि मुलुकको साझा प्रतिबद्धतालाई मात्र जोड दिंदै बढ्दो ग्रीन हाइड्रोजन बजारमा नेपालको महत्वलाई पनि हाइलाइट गर्छ ।

ग्रीनहाइड्रोजन क्रान्तिमा भारतको अग्रगामी भूमिका

विश्वव्यापी ग्रीन हाइड्रोजन क्रान्तिको अग्रभागमा रहेको भारतले आफूलाई यो अभियानमा नेतृत्वदायी भूमिका दिलाउने गरी काम थालेको छ । ग्यास तथा पेट्रोलियम पदार्थ क्षेत्रका हस्तिहरु ओइल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी), हिन्दूस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल) र गेल इण्डिया लिमिटेडले समेत हरित हाइड्रोजनमा बलियो प्रतिबद्धता व्यक्त गरेका छन् । यो प्रतिबद्धतालाई बलियो बनाउने गरी दूरदर्शी सरकारी नीतिहरु बनाइएका छन् । जसले अत्याधुनिक इलेक्ट्रोलाइजर प्रविधिको स्वदेशी उत्पादन र प्रोत्साहनलाई श्रृंखलाबद्धरुपमा समावेश गरिएको छ । नेट शून्य उत्सर्जन (एनजेडइ) मा भारतको अभियानसहितको यात्रालाई क्षेत्रगत दायित्वहरु, ग्यास नेटवर्कको मिश्रण, पाइपलाइनहरु र अन्य प्रयोगकर्ताका लागि रणनीतिक प्रोत्साहन गरिएको छ ।

नेभिगेटिङ रेगुलेटरी वाट्र्स ः दिगो वित्तव्यवस्थापनको एक ब्लूप्रिन्ट

यूरोपियन युनियन (इयू)को सस्टेनेबल फाइनान्स डिस्क्लोजर रेगुलेसन अन्तर्गत प्रतिष्ठित हरित ट्याग सुरक्षित गर्न मापदण्ड पालना आवश्यक छ । हाइड्रोजन मूल्य श्रृंखलालाई सुदृढ गर्दै बजार भित्र आत्मविश्वास जगाउन युरोपेली हाइड्रोजन बैंक (इएचबी) स्थापना भएको छ । यो यस क्षेत्रका लागि कोसेढुंगा सावित गरेको छ ।

ग्लोबल डाइनामिक्स : बियन्ड युरोपियनशोर्स

यूरोपेली राष्ट्रहरुले अग्रपंक्तिमा उभिएर यो अभियानमा बल दिएका छन् । जस्तो डेनमार्क र जर्मनीले गति तय गर्दा युरोपेली सिमाना बाहिर पनि हरित हाइड्रोजनमा महत्वपूर्ण उपलब्धिका रुपमा कोशेढुंगा बनेको छ । पूर्वाधार बृद्धिले युरोपेली सीमाभन्दा बाहिर विशेष गरी उत्तर अफ्रिका र मध्यपूर्वका नवीकरणीय उर्जाको समृद्ध क्षेत्रमा राम्रो संकेत गरेको छ । यो विस्तारित दृष्टिकोणले विश्वव्यापी समृद्धिका लागि बढावा दिन्छ ।

ग्रीनजोको दूरदर्शी लगानी : इलेक्ट्रोलाइजर निर्माण प्लान्ट

यो अभियानमा महत्वपूर्ण आयाम थप्दै ग्रिनजो इनर्जी इण्डिया लिमिटेडले सानन्दजी आइडीसीमा इलेक्टोलाइजर उत्पादन प्लान्ट स्थापना गर्नका लागि आचार्य जनकरुपमा ३ हजार ५ सय करोडको लगानी गर्दैछ । यो स्मारकीय परियोजना भारतीय संघीय गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलको उपस्थितिमा गएको अक्टोबर २४, २०२३ मा सुरुवात गरिएको छ । यो अभियानमा विशिष्ट व्यक्तित्वको चासो र सहयोगले थप उत्सािहत बनाएको छ । ग्रीनजो इनर्जीका प्रबन्धनिर्देशक सन्दीप अग्रवालका अनुसार कम्पनीले ग्रीनहाइड्रोजन क्षेत्रका लागि १, २ र ५ मेगावाटको अलकलाइन इलोकट्रोलाइजर उत्पानको तयारी भएको छ । पहिलो चरणमा ३ सय ५० करोड रुपैयाँ आवश्यक रहँदा पाँचवर्षका लागि मल्टि विलियन लगानीको योजना रहेको छ । यो प्लान्टको पहिलो चरणको काम सकिदा १२५ मेगावाटको क्षमता रहन्छ, यो महत्वकाक्षीं परियोजनामायसको क्षमता हरेक दुईवर्षमा दोब्बर हुँदैजान्छ । अन्तिम लक्ष्य चारदेखि पाँचवर्षमा १ गिगावाट हुन्छ ।


अग्रवालले महत्वकांक्षी समयलाई जोड दिंदै, ग्रीन हाइड्रोजन प्रविधिलाई अगाडि बढाउन अत्यावश्यकता र प्रतिवद्धतालाई उजागर गर्दै सात महिना भित्र प्लान्ट पूरागर्ने लक्ष्य राखेको बताउनुभएको छ । ग्रीनजो इनर्जीले पहिले नै १ हजार १ सय करोड रुपैयाँ बराबरको अर्डर बुक गरिसकेको छ, यो भनेको ग्रीनइनर्जीका लागिबढ्दो बजारको प्रमाणहो । सानन्दजी आइडीसी अहमदाबाद गुजरातमा १३ हजार ७ सय १७ वर्गमिटर जग्गा सुरक्षित गरिएको छ । ग्रीनहाइड्रोजन उत्पादनमा भारतको लक्ष्यप्राप्त गर्न ग्रीनजो इनर्जी लिमिटेडको अभियानबलियो सहयोगी बन्ने विश्वास गरिएको छ ।

निश्कर्षः हरित भविष्यका लागि साथ साथै

ग्रीनजो इनर्जीले नेपाल र भारतबीचको परिवर्तनकारी साझेदारीका लागि अग्रगामी रूपमा विश्वव्यापी ग्रीनहाइड्रोजन क्रान्तिमा नेतृत्व लिने क्रममा भविष्यको आशा जगाएको छ । यो सीमापार पहलमा जलवायु परिवर्तन विरुद्ध लड्ने आवश्यकतालाई मात्र रेखांकित गरेको छैन, सामुहिक दृष्टिकोणलाई पनि एकतावद्ध गरेको छ । यो भिजनमा राष्ट्रहरुको उद्देश्यमा एकजुट भएर दिगो र लचिलो भविष्यका लागि बाटो बनाउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x