एक प्रतिशतले घट्यो निक्षेपको ब्याज, हेर्नुस् कुन बैंककाे कति ?
काठमाडाैं, ३० मंसिर । पुस १ गतेदेखि लागू हुने गरी बांकहरूले निक्षेपकाे ब्याज घटाएका छन् । बैंकहरुले कम्तिमा एक प्रतिशत बिन्दुले निक्षेपको ब्याज दर घटाएका हुन्।
एभरेष्ट बैंकले मंसिरमा ९ प्रतिशतमा रहेकाे निक्षेपको ब्याज दर ८ प्रतिशतमा झारेको छ। यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९७ प्रतिशतमा रहेकाे ब्याजदर ८.५६ प्रतिशत कायम गरेकाे छ ।
यस्तै प्राइमले १०.२५ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याज १० प्रतिशतमा झारेको छ भने लक्ष्मी सनराइज बैंकले १० प्रतिशतको ब्याजलाई ९ प्रतिशतमा झारेकाे छ ।
यस्तै माछापुच्छ्रे बैंकले मंसिरमा १०. ६ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याज ९ प्रतिशतमा झारेकाे छ भने नेपाल एसबिआइ बैंककाे ब्याज १०.६ बाट ९.६ कायम भएकाे छ ।
यस्तै कुमारी बैंकले १०.०१ रहेकाे ब्याज ९.३१ प्रतिशतमा झारेकाे छ भने एनएमबि बैंकले ९.७६ प्रतिशतमा रहेकाे ब्याज ९ प्रतिशत कायम गरेकाे छ ।
यस्तै एनआइसी एसियाकाे मुद्दती निक्षेपको ब्याज ८.९६ प्रतिशतबाट ८.६७, नबिल बैंककाे ९.१ बाट ८.६ प्रतिशत, ग्लोबल आइएमइ बेंककाे ९.६ बाट ८.६ प्रतिशत , एभरेष्ट बैंककाे ९ प्रतिशतबाट ८, नेपाल इन्भेष्टमेन्ट बैंकाे ९.५१ प्रतिशतबाट ९.५, सिटिजन्स बैंककाे ९.९५ बाट ९.३५ प्रतिशत र हिमालयन बै.ककाे १०.६ प्रतिशतबाट ८.६ प्रतिशमा झरेकाे छ ।
यता सरकारी स्वामित्वका तीन वटै वाणिज्य बैंकले पनि ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले ९.५१ बाट ९.०१२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९ बाट ८.६१ प्रतिशत र नेपाल बैंकले ९.२२ प्रतिशतबाट ८.५५ प्रतिशमा झारेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियोभने साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेकाे थियाे। यसैकाे असर बैंकहरूकाे ब्याजदरमा परेकाे हाे ।