Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

आयल निगमको निमित्त कार्यकारीको जिम्मेवारी साहलाई

आयल निगमको निमित्त कार्यकारीको जिम्मेवारी साहलाई

काठमाडौं, १ पौष। नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ ।

निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।

मन्त्रालयकाअनुसार वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमको आर्थिक तथा मानव स्रोत साधन विभाग प्रमुख हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x