शेयर बजारमा लगातार उछाल, मंगलबार ४५.९८ अंकले बढ्याे
काठमाडाैं, ३ पुस । साताको तेस्रो काराेबार दिन पनि शेयरबजार उत्साहजनक रुपमा बढेको छ । मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४९ विन्दूमा बन्द भएको छ ।
यस दिन बजारमा २ करोड ६४ लाख ९७ हजार १३८ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दूमा बन्द भएको थियाे ।