Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय वाणिज्य बैकद्वारा गोरखामा स्वास्थ्य शिविर संचालन

राष्ट्रिय वाणिज्य बैकद्वारा गोरखामा स्वास्थ्य शिविर संचालन

काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावितलाई स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ । गत शनिवार संचालित उक्त शिबिरको उद्घाटन बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले गरेका थिए ।

सो कार्यक्रममा उनले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो । सो अवसरमा बैंकले वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x