Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

‘मौद्रिक नीतिले व्याजदर नियन्त्रण र तरलता व्यवस्थापनमा जोड दिनुपर्छ,’ अनिल शाह

‘मौद्रिक नीतिले व्याजदर नियन्त्रण र तरलता व्यवस्थापनमा जोड दिनुपर्छ,’ अनिल शाह

काठमाडौं, १० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले वित्तीय प्रणालीले भोग्दै आएको तरलताको समस्याको समाधानको उपायहरु खोज्नमा जोड दिन नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सुझाव दिएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले तरलता संकुचनको कारण उच्च व्याजदर दिएको कारण अस्वस्थ प्रतिपर्धा बढ्दै गएको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट विस्ताकारी भएको भन्दै शाहले ह बजेटले तय गरेको लक्ष्य हासिल गर्ने खालको मौद्रिक नीति केन्द्रिय बैंकले ल्याउन आवश्यक रहेको औलाएका छन् । ‘बजेट जस्तै मौद्रिक नीति विस्ताकारी बन्न चै भएन, तर बजेटको लक्ष्य भने मौद्रिक नीतिले हासिल गर्न जरुरी छ,’ उनले भने । यता बजेटले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिकवृद्धिको लक्ष्य लिएको कारण मौद्रिक नीतिले व्याजदर नियन्त्रणमा आवश्यक भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रतिस्पर्धाको कारण बैंकहरुले उच्च व्याजदर दिएकोमा नेपाल बैंकर्स संघले नियन्त्रणकारी कदम चालेको उनले बताएका छन् ।

वित्तीय प्रणालीमा तरलताको समस्या बारम्बार दोहोरीने भएको कारण यसको दिर्घकालिन समाधान मौद्रिक नीतिमार्फत रोज्न केन्द्रिय बैंकलाई सुझाव शाहले दिएका छन् । तरलता व्यवस्थापनको लागि वित्तीय प्रणालीमार्फत ठुला पुर्वाधार परियोजनाहरुमा गरिएको कर्जा लगानी विदेशी साझेदारहरुलाई बेच्न सकिने प्रावधान मौद्रिक नीतिले ल्याउन पर्ने बताएका छन् । ‘पुर्वाधार परियोजनाहरुमा गरिएको कर्जा लगानी विदेशी साझेदार जस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगाएतलाई बेच्ने व्यवस्थाले सो रकम पुनः वित्तीय प्रणालीमा फर्कन सक्छ,’ उनले भने, ‘यसो गर्दा तरलताको व्यवस्थापन गर्न सकिन्छ र अन्य ठुला परियोजनाहरुमा लगानी गर्न सकिन्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x